‘कोकाकोला’ दोस्रो वर्ष लगातार विश्वको सबैभन्दा ठूलो प्रदूषक !

0

एजेन्सी – ‘कोकाकोला’ लाई प्लाष्टिक प्रदुषण गर्ने विश्वकै सबैभन्दा खराब कम्पनीको नाम दिइएको छ । यसरी वातावरणीय समुहको दाबबका बावजुद दोस्रो वर्ष लगातार कोकाकोला सबैभन्दा ठूलो प्लाष्टिक प्रदू्रषक बनेको छ । ‘ब्रेक फ्रि फ्रम प्लाष्टिक’ ले सार्वजानिक गरेको विश्वव्यापी प्रदूषक कम्पनीहरुको सूचीमा कोकाकोला सबैभन्दा शिर्ष स्थानमा परेको छ । सेप्टेम्बरमा मात्र उक्त संगठनले ५० भन्दा धेरै देशका ४८४ समुद्र किनारको निरीक्षण गरेको हो ।

यसमा उनीहरुले ११ हजार भन्दा धेरै प्लाष्टिकका टुक्रा भेला पारे जसमा सबैभन्दा बढी सङ्ख्यामा कोकाकोलाको उत्पादन फेला पारिएको हो । तिनका अनुसार कोकाकोलाको फोहोर दोस्रो, तेस्रो र चौथो ठूलो प्रदूषक कम्पनीलाई मिलाउँदा भन्दा धेरै भेटिएको हो । यस रिपोर्टको प्रतिक्रियामा कोकाकोला कमपनीले यो ग्लोबल मुद्दालाई गम्भीरतापूर्वक सम्बोधन गरिने जवाफ दिएको हो । यसपछिका अन्य दुईठूला प्रदुषण फैलाउनेहरुमा ‘नेस्ली’ र ‘पेप्सिको’ कम्पनी परेका छन् । ब्रेक फ्रि फ्रम प्लाष्टिकका ग्लोबल कोर्डिनेटर भोन हर्नान्देज भन्छन्, “यो रिपोर्ट यस कुराको प्रमाण हो कि यी सबै कम्पनीहरुले तुरुन्तै प्लाष्टिक प्रदुषणको समस्या समाधान गर्न उचित कदम उठाइहाल्नुपर्छ ।”

यता ग्रिनपिस युकेको समुद्री प्लाष्टिक अभियानका प्रमुख लुइस एजले पनि यस रिपोटबारे गम्भीर आपत्ति जनाएका हुन् । उनले भनेका छन्, “फेरि पनि हाम्रो समुद्र, खोलानाला फोहोर गर्नमा यिनै तीन ठूला कम्पनीको नाम अगाडि आएको छ । यसको अर्थ यो मुद्दामा अन्तर्राािष्ट्रय ब्रान्डहरुको नीति असफल भइरहेको छ । तर अझैपनि यिनले उपयुक्त निर्णय नलिए सबसे खराब प्रदूषकका रुपमा रहिरहनेछन् । ’ उनले थप भनेका हुन्, “यी कम्पनीहरुसँग यो समस्या समाधान गर्ने प्रशस्त श्रोतसाधन र जनशक्ति छ तरपनि उनीहरु रिसाइकलमा केन्द्रित छन् र यसलाई जारी राखिरहेका छन् । हामी यी प्रदूषकहरुसँग अनुरोध गर्न चाहान्छौँ कि रिसाइकल गर्न मिल्ने होइन बरु पुनः प्रयोग (रियुज) गर्न मिल्ने वा फेरि रिफिल गर्न मिल्ने प्याकेजिङतर्फ जोड दिनुहोस् ।”

यस विषयमा कोकाकोलाका प्रवक्ताले भनेका छन्, ‘कोकाकोलाको प्याकेजिङ समुद्र किनार, खोला वा कुनै अनुपयुक्त ठाउँमा पुग्नु हाम्रा लागि पनि अस्वीकार्य कुरा हो । यस्तोमा हामी अन्य कम्पनीहरुसँगको सहकार्यमा यो समस्याको हल खोज्नेतर्फ लागिरहेका छौँ । फोहोरलाई समुद्रमा प्रवेश गर्नबाट रोक्न र पहिलेदेखिका प्लाष्टिकलाई हटाउन हामी वास्तवमै लागि पर्नेछौँ किनकी यो विश्वव्यापी संकटको कुरा हो । ”

यसका साथै कोकाकोलाले विश्व आर्थिक फोरमसँगको ग्लोबल प्लाष्टिक अभियानमा सहकार्य रहेको र विभिन्न देशका सरकार र शेयरहोल्डरसँग मिलेर आर्थिक रुपमा इन्डोनेशिया, भियतनाम र घानामा थुप्रै कार्यक्रमहरु सञ्चालन गरिसकेको पनि बताएको छ । त्यस्तै कोकाकोला जी–सेभेन ओसन प्लाष्टिक चार्टरमा आबद्ध रहेकाबारे पनि कोकाकोलाले जानकारी दिएको छ जसले समुद्रलाई प्रदुषणमुक्त राख्न १ करोड ५० लाख सम्म लगानी गरेको थियो । तर विभिनन कार्यक्रम र वातवरण अनुकूल नीतिका लागि पहल गरिरहेपनि ठुल्ठुला कम्पनीहरु प्रभावकारी नतिजा हासिल गर्न सफल भएका छैनन् ।

Leave A Reply

Your email address will not be published.