मैले भारतीय नागरिकता लिएको हल्ला निराधार : सांसद कँडेल

0

काठमाण्डौं – पूर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले आफूले भारतीय नागरिकता नलिएको प्रष्ट पारेका छन् ।

केही दिनदेखि समाचारमाध्यमहरुमा आफूले भारतीय नागरिक लिएको भन्ने समाचार निराधार भएको भन्दै बुधबार पार्टी कार्यालय मै पत्रकार सम्मेलन गरेर उनले सो कुरा स्पष्ट पारेका हुन् ‘मैले भारतीय नागरिकता लिएको छैन, मतदाता सूचीमा नाम पनि छैन’ उनले पत्रकार सम्मेलनमा भने, ‘म नेपाली हुँ, सांसद हुँ भनि दिएको प्रमाण छ ।

सांसद कँडेलले १९५० को सम्झौतामा नेपालीलाई पनि भारतमा सामाजिक संस्था चलाउने अधिकार दिएको स्मरण गराए । निराधार समाचारबारे प्रष्ट पार्ने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.