पशुपति आर्यघाटमा शव जलाउन पन्ध्र सय ताेकियाे, अवकाश लिँदा पाँच लाख

0

काठमाण्डौं – पशुपति आर्यघाटमा शव दाह गर्न पन्ध्र सय रुपैयाँ तोकिएको छ । सेवा र सुविधामा न्यून भएको भन्दै बुधबार बिहानबाट माग र कालो ब्यानरमा सूचना टाँगेर घाट सेवा केन्द्रका सम्पूर्ण कामदारले आन्दोलन चर्काएर शव जलाउने कार्यनै ठप्प पारेपछि घाट संचालनको अख्तियारी बोकेको पशुपति क्षेत्र विकास कोषले सेवासुविधा वृद्धि गरेको हो ।

वृद्धिसँगै आजेबाट पशुपति आर्यघाटमा शवदाह गर्ने कामदारहरूले आन्दोलन फिर्ता लिई काम शुरु गरेका छन् । काम गर्नेहरु बिहानैदेखि शव जलाउन, दाउरा ओसार्न र खाल्डो खन्ने काम बन्द गरेका थिए ।

आन्दोलनरत कामदार र कोषबीच भएको बुधबार दिउँसो वार्तामा भएको र छलफलपछि सहमति हो । सहमति अनुसार प्रति शव जलाउँदा ३ सय थप गरेर पन्ध्र सय पुर्याइएको छ । यससँगै पन्ध्र सय पुगेको छ ।

त्यस्तै जलाउने कामबाट अवकाश लिँदा कामदारले उपदानबापत पाँच लाख पाउने भएका छन् । यसअघि डेढ लाख रुपैयाँ मात्र पाउँदै आएको थियो ।

नयाँ सहमति भएसँगै कामदारहरु काममा फर्किएको कोषले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.