मन्त्रिमण्डल फेरबदलबारे हल्लामा कुनै सत्यता छैन् : प्रचण्ड

0

काठमाण्डौं – नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् । पछिल्लो समय मन्त्रिमण्डल पूनर्गठन हुनेबारे हल्ला चलिरहेको बेला अध्यक्ष दाहालको यस्तो अभिव्यक्ति आएको हो । शुक्रबार कैलालीको धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले तत्काल कुनै फेरबदल हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

उनले भने,‘यति जना मन्त्री फेरिने, यी यी आउने भए रे भनेर गरिएका हल्लामा कुनै सत्यता छैन् ।’ त्यस्तै, उनले प्रधानमन्त्री ओलीले चाहे मन्त्रिमण्डल फेरबदल ठूलो विषय नभएको र हुनसक्नेपनि तर्क गरे । उनले भने,‘यो विषय प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र पर्छ, यसबारेमा मलाई प्रश्न नगर्दा नै राम्रो हुन्छ ।’

‘अबको समृद्धि सुदूरपश्चिमतिर केन्द्रित हुनुपर्छ’

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको समृद्धि सुदूरपश्चिमतिर केन्द्रित हुनुपर्ने बताएका छन् । आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुदूरपश्चिम प्रदेश विगतमा पछाडि परेकाले अब विकास निर्माणको काम यतातिर बढी केन्द्रित हुनुपर्ने बताए ।

उनले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएर निर्वाचनपछि विकास र समृद्धितिर गइसकेकाले सुदूरपश्चिममा अलि बढी केन्द्रित हुनुपर्छ भन्ने धारणा व्यक्त गरे ।

उनले मन्त्री हेरफेर गर्ने विषयमा प्रधानमन्त्री र आफूबीच कुनै कुराकानी नभएको पनि स्पष्ट पारे । उनले मन्त्री परिवर्तन प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको उल्लेख गरे ।

Leave A Reply

Your email address will not be published.