डिपो चलाएर ठगी गर्ने २३ संचालक र ३५ चालक उपत्यकाबाट पक्राउ

0

काठमाण्डौं – प्रहरीले काठमाण्डौं उपत्यकाकाा विभन्नि ठाउँमा इँट्टा, गिट्टी, बालुवा, चिप्स र ढुंगाको डिपो चलाएर उपभोक्तलाई व्यापक ठगी गर्दै आइरहेका २३ वटा डिपो संचालक र ढुवानी गरेर मतियारको भूमिका निभाउने ३५ चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार सर्वसाधारणहरुलाई निर्माण सामाग्री इँट्टा, गिट्टी, बालुवा, चिप्स र ढुंगा ढुवानी गर्ने मिनि ट्रकहरुमा ५ ईन्चसम्मको फलामे र काठको बक्स बनाई परिमाण कम गरी ठगी गर्ने उपत्यकास्थित विभिन्न २३ वटा डिपोका संचालकहरुलाई शुक्रबार पक्राउ गरेको हो । ठगी ढुवानीमा प्रयोग भएका ३५ वटा सवारी सधानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने डिपो संचालकहरुमा जय महालक्ष्मी सप्लायर्सका प्रकाश श्रेष्ठ, बज्र ईन्टरप्राईजेज सप्लायर्सका वीरेन्द्र कुर्इँकेल, शिवशक्ति सप्लायर्सका अर्जुन भुजेल, गरिमा सप्लायर्सका दिपेन्द्र केसी, कामना ईन्टरप्राईजेजका बद्री गिरी, जेबिएस सप्लायर्सका बाघे भन्ने सुकबहादुर लामा, शुभकामना सप्लायर्सका सुरेन्द्र केसी, खाँडादेवी निर्माण सप्लायर्सका प्रकाश भण्डारी, सेतीदेवी सप्लायर्सका राजु थापा, पञ्चेश्वर सप्लायर्सका महेश्वर श्रेष्ठ, धनेश्वर सप्लायर्सका सन्तोष कुँवर छन् ।

त्यस्तै श्रीभूमि सप्लायर्सका श्याम बहादुर मगर, नो नेम सप्लायर्सका पुष्कर थापा, श्री काली भैरव सप्लायर्सका बुद्धिराज थापामगर, कुण्डला सप्लायर्सका मदन प्रधान, कालिका सप्लायर्सका तोप नारायण श्रेष्ठ, आर्कष सप्लायर्सका अर्जुन श्रेष्ठ, स्वयम्भू सप्लायर्सका कृष्णहरि नगरकोटी, महालक्ष्मी सप्लायर्सका मनोहर श्रेष्ठ, भ्याली क्वालिटी सप्लायर्सका विजय भन्ने जोग बहादुर तामाङ, गोरखाली सप्लायर्सका गोपाल भण्डारी, विज्ञान सप्लायर्सका सिंह बहादुर तामाङ र नवअरुण सप्लायर्सका रामकृष्ण श्रेष्ठ रहेका छन् ।

महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले लोड गरी ढुवानी गर्न तयारी अवस्थामा रहेका सामाग्रीसहित डिपोका संचालक, सवारी चालक एवम् सवारी साधन समेतलाई नियन्त्रणमा लिएको हो ।

ग्राहकहरुलाई १ सय क्यूफिट प्रति ढुवानी भनि बिक्री गर्दा जम्मा ८२ दशमलब ६३ क्यूफिट मात्र ढुवानी हुने गरेको र प्रति ढुवानीमा १ हजार ६ सय २० रुपैयाँदेखि २ हजार २ सय रुपैयाँसम्म ग्राहकहरुलाई नोक्सानी हुने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.