बसभित्र पुरिएका पाँचको मृत्यु

0

नुवाकोट, २४ असार । नुवाकोटबाट काठमाडौँ जाँदै गरेको एक यात्रु बस ककनीमा माथिबाट आएको पहिरोमा पुरिँदा चालकसहित पाँचजनाको मृत्यु भएको छ । बसबाट प्रहरीले पाँच जनालाई सकुशल उद्धार गरेको छ । मृतकमध्ये बसका चालक रसुवा जिल्ला भोर्ले गाउँ विकास समितिका प्रदिपमान विकको सनाखत भएपनि अन्यको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार अहिले वयल्डिङ्द्वारा बस काटेर घाइते तथा मृतकको शव निकाल्ने काम भइरहेको छ ।
प्रहरी नायब उपरीक्षक अरुणकुमार पौडेलका अनुसार उद्धार गरिएका दशजना घाइतेको उपचारका लागि काठमाडाँै पठाइएको छ । अब बसभित्र रहेकाहरूको जिवित रहेको कम अनुमान गरिएको छ । अहिले त्रिशूली काठमाडौँ सडकखण्ड अवरुद्ध भएको छ । आवातजावत गर्ने यात्रुहरूको भिड घटनास्थलमा बढेको छ । त्रिशूलीबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख २८४१ नम्बरको यात्रुबाहक बस ककनी–१ सिस्नेरीमा माथिबाट आएको पहिरोमा परी पुरिएको थियो ।
तिनलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । घटनास्थलमा महानगरीय प्रहरी वृत्त बालाजु र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा छुट्टछुट्टै प्रहरी टोली गएर उद्धार गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.