महराको डीएनए परीक्षण गरिने, थप ३ दिन हिरासतमा राख्न अनुमति

0

काठमाण्डौं – महराको डीएनए परीक्षण गरिने भएको छ । घटनास्थलमा भेटिएका सामग्रीबारे अनुसन्धानका लागि महराको डीएनए परीक्षण गरिन लागेको प्रहरीले जनाएको छ । नर्भिक अस्पतालको क्याविनमा उपचारत महराको डीएनए परीक्षण गरिनेछ ।

महराले १२ असोज राति बलात्कार प्रयास गरेको संसद सचिवालयकै एक कर्मचारी रोशनी साहीले आरोप लगाएकी थिइन् । गम्भीर आरोप लागेपछि महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए ।

महरालाई आजै काठमाण्डौं जिल्ला अदालत लगिएको थियो । त्यस्तै अदालतले महरालाई थप ३ दिन अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको छ ।

पीडित महिलाको जाहेरी दिएपछि प्रहरीले महरालाई हिरातमा राखेर अनुसन्धान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.