अभियन्ता अधिकारीको उद्घोषः भ्रष्टचारी र देशद्रोहीलाई जनस्तरबाट कारवाही गर्छौं

0

काठमाण्डौं – भ्रष्ट्रचार विरुद्धका अभियन्ता सिद्धार्थ अधिकारीले सरकारले भ्रष्टचारी, बलात्कार र देशद्रोहीलाई कारवाही गर्नुको सट्टा संरक्षण दिएको भन्दै सामाजिक न्यायका लागि कारवाही चलाउने बताएका छन् ।

चारदिशासँगको कुराकानीका क्रममा अभियन्ता अधिकारीले भ्रष्टचारी र देशद्रोहीलाई कारवाही गरेर सामाजिक न्याय स्थापना गराउन सरकार पटकपटक आग्रह गरेको स्मरण गर्दै सरकारले उल्टै खराब पक्षप्रति आँखा चिम्लिएको बताए । ‘सरकारले अझै भ्रष्टचारी, बलात्कारी र देशद्रोहीलाई कारवाही गर्ने छाँट देखाएन । अब जनताको साथ लिएर भ्रष्टचारी, बलात्कार र देशद्रोहीलाई कारवाही गर्छौं’ अभियन्ता अधिकारीले भने ।

भ्रष्टचारी, बलात्कार र देशद्रोहीलाई मृत्युदण्डको व्यवस्था संविधानमै राख्नुपर्ने अधिकारीको तर्क छ । सोही विषयलाई लिएर २०७४ साल भादौ २७ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञानपत्र बुझाएका थिए । गएको भदौ ९ मा सर्वोच्च अदालतले एनसेललाई अर्बाैं रुपैयाँ कर छुट दिने गरी भएको फैसलाका न्यायाधीशलाई समेत कारवाहीको दायरामा ल्याउनुपर्ने तर्क गर्दै आइरहेको अधिकारीले भ्रष्टचारी, बलात्कार र देशद्रोहीलाई जनताको साथ लिई ‘सफाया’ गरिने चेतावनी दिए ।

भ्रष्टचारी, बलात्कार र देशद्रोहीलाई मृत्यु दण्डको व्यवस्था गर्न कानून संशोधन गर्न आफूहरुले धेरै पहिलेदेखि नै माग गर्दै आएकोमा कुनैपनि सरकारले वास्ता नगरेको भन्दै जनताको मनोभावनाअनुसार जनस्तरबाटै कारवाही चलाउने निस्कर्षमा पुगेको अभियन्ता अधिकारीले अनलाइनपानासँगको कुराकानीमा बताए ।

समाजमा फैलिएको विकृति, विसंगति र अन्यायलाई अब चुपचाप सहेर बस्न नसकिने बताउँदै भ्रष्टचारी, बलात्कारी र देशद्रोहीलाई पहिचान गरेर जनतामाझ दण्ड दिएरै छाड्ने उनको भनाई छ । देशमा कम्युनिस्टको नाममा नलायक पात्रहरुले शासन चलाइरहेको आरोप लगाउँदै चिनियाँ राष्ट्रपति सी जिनपिङले समेत नेपाली कम्युनिस्ट शासकहरुको सरकारी उद्योग र कम्पनी बचेर खाएको प्रवृत्तिको कडा आलोचना गरेको देख्दा आफूलाई लज्जाबोध भएको अधिकारीले बताए ।

अहिलेको व्यवस्थामा बन्ने कुनैपनि सरकारले भ्रष्टचारी, बलात्कार र देशद्रोहीलाई कारवाही गरेर सामाजिक न्याय स्थापना गराउने विश्वास आफूलाई रतिभर विश्वास नभएको उनको भनाई छ ।

Leave A Reply

Your email address will not be published.