अनुसन्धानका लागि म्याद थप गर्न महरा अदालतमा,आलमलाई सात दिन म्याद थप

0

काठमाण्डौं – यौन दुव्र्यवहारका अभियुक्त कृष्णबहादुर महरा र हत्याका अभियुक्त मोहम्मद अफताव आलमलाई म्याद थपका लागि अदालतमा पेश गरिएको छ ।

आलमलाई मंगलबार अदालत समय शुरु भएसँगै रौतहट जिल्ला अदालतमा प्रहरीले पेश गरेको हो । आलमलाई सात दिनको म्याद थप गरेको छ । उनलाई आइतबार रौतहटबाटै पक्राउ गरिएको थियो ।

त्यस्तै महरालाई आजै काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिने भएको छ । महरालाई संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा असोज १९ गते पक्राउ गरी हिरासतमा राख्दै आएको छ । दसैंपछि अदालत समयमा सुचारु भएसँगै मंगलबार उनलाई जिल्ला अदालत काठमाडौं म्याद थपका लागि पेश गर्न लागिएको हो । अहिले उनलाई काठमाडाैं जिल्ला सरकारी वकिलकाे कार्यालयमा बयान गराउन पुर्याइएकाे छ ।

महराले सांसद रही सभामुख पदमा रहेकै बेला महिला कर्मचारी रोशनी शाहीलाई असाेज १२ गते राति काेठामै गई बलात्कारको प्रयास गरेको अभियोग छ ।

Leave A Reply

Your email address will not be published.