नेपाल – चीन उच्च स्तरीय वार्ता सम्पन्न, सहयोग आदानप्रदान सम्बन्धी सम्झौतामा हस्ताक्षर

0

काठमाण्डौं – नेपाल–चीन द्विपक्षीय वार्तामा विभिन्न विषयमा सहमति तथा सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा आइतबार भएको उच्च स्तरीय वार्तामा सहमति तथा सम्झौता भएको हो ।

नेपाल र चीनबिच विकास तथा आपसी सम्बन्ध बिस्तारसँग जोडिएका विभिन्न १७ वटा सहमति तथा सम्झौता भएको बताइएको छ । रेल सञ्जाल निर्माण, पर्यटन प्रबर्द्धन, टोखा–छहरे सुरुङ मार्ग, चार वटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, उर्जा, रेल वे, सूचना प्रविधिको बिस्तार गर्नेसहितका बुँदामा सहमति भएको जनाइएको छ ।

यस्तै पर्यटन, सडक सञ्जालसहित कनेक्टिभिटीसका विषयमा पनि सहमति भएको जनाइएको छ । द्विपक्षीय वार्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यबाद दिए । सी को भ्रमणले दुई देशबिचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिएको ओलीले बताए ।

वार्तालाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सीले आतिथ्यताका लागि धन्यबाद दिए । यस्तै उनले दुई देशबिचको सम्बन्ध थप बलियो बन्ने विश्वास सी पनि व्यक्त गरेका छन् ।

वार्तामा नेपाली टोलीमा गृह मन्त्री, अर्थमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री, उर्जा मन्त्रीसहितको पनि सहभागिता थियो । यस्तै चिनियाँ विदेशमन्त्री, नेपालका लागि चिनियाँ राजदूतसहितको पनि सहभागिता थियो । शनिबार राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी आइतबार नै स्वदेश फर्किँदै छन् ।

deshsanchar

Leave A Reply

Your email address will not be published.