महरा पक्राउ प्रकरण: २८ गते सम्म हिरासतमै, अदालत खुलेपछि मात्रै म्याद थप हुने

0

काठमाण्डौं – `बलात्कार प्रयास प्रकरण´ मा पक्राउ परेका पुर्व सभामुख कृष्णबहादुर महरा असौज २८ गतेसम्म प्रहरी हिरासतमै रहने भएका छन् ।

दशैं बिदाका कारण २६ गतेसम्म अदालत बन्द रहने तथा २७ गते पुर्वप्रधानन्यायधीश केशव प्रसाद उपाध्यायको निधनको कारण शोकबिदा रहेकोले अदालत २८ गतेमात्रै खुल्ने भएपछि महराको हिरासत बसाई लम्बिने भएको हो ।

प्रहरी उच्च स्रोतका अनुसार अदालत खुलेकै दिन महरालाई काठमाण्डौं जिल्ला अदालतमा उपस्थित गराएर अनुसन्धानको लागि म्याद थप गर्नेछ । सुरक्षाको कारण देखाउँदै महरालाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ ।

पुर्व सभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहिले आफुमाथी जवरजस्ती बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएकी थिईन । रोशनिको जाहेरीकै आधारमा महरा हिजो साँझ पक्राउ परेका थिए ।

असौज १२ गते महरा रक्सी बोकेर शाहिको तिनकुने स्थित डेरामा पुगेर जवरजस्ती बलात्कार प्रयास गरेको पिडितको आरोप छ । पटक – पटक बयान फेर्दै आएकी शाहिले गत शुक्रबार प्रहरीमा किटानी जाहेरी दिएकी थिईन ।

प्रहरिले शाहिको डेराबाट महराले ल्याएको भनिएको रक्सीको बोतल, चस्मा र जुत्ता लगायतका सामाग्री बरामद गरि फोरेन्सीक जाँचको लागि ल्यावमा पठाएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.