पाँच वर्षीया बालिका बलात्कृत

0

गौशाला, २४ असार । महोत्तरी जिल्लाको सरपल्लो गाविसमा बुधबार साँझ पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । सरपल्लो गाविस–१ बस्ने १६ वर्षीय रामउजित महतोले बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सरपल्लो–१ स्थित आफ्नो आँपको फूलबारीमा बसिरहेको महतोले खेतबाट आफ्ना बुबालाई खाजा दिएर आउँदै गरेकी बालिकालाई जबर्जस्ती तानेर फूलबारीमै रहेको गोठमा लगी बलात्कार गरेको जानकारी प्रहरी उपरीक्षक शौरभ राणाले दिनुभयो । जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष टोलीले बालिकालाई बलात्कार गरेको आरोपमा बुधबार साँझ नै महतोलाई पक्राउ गरी निजमाथि जबर्जस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.