‘महराको राजीनामा चलाखीपूर्ण, सांसद पदबारे मौन बस्नु दुःखद्’

0

काठमाण्डौं – सभामुख कृष्णबहादुर महराले पदबाट मंगलबार दिएको राजीनामा चलाखीपूर्ण रहेको छ । भ्रष्टचारविरुद्धका अभियन्ता सिद्धार्थ अधिकारीले महराको राजीनामा ‘चलाखीपूर्ण’ रहेको बताएका छन् ।

उनले चारदिशासँग कुरा गर्दै महराले पूर्णरुपमा राजीनामा घोषणा गरेर बलात्कार आरोपी भए नभएको प्रमाणित गराउन सक्नुपर्नेमा चुकेको बताएका छन् ।

सत्तारुढ नेकपाले सभामुख महरा बलात्कार अभियोगमा मुछिएपछि मंगलबार बिहान बसेको सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठकले महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन सुझाव दिएको थियो ।

महराले मंगलबार अपरान्ह संघीय संसद, नेपालको लेटरप्याडमा उपसभामुखमार्फत अल्पकालीन राजीनामा दिएका हुन् । सोमबारले उनीविरुद्ध विभिन्न आरोपबारे समाचार आइरहेको जनाउँदै छानबिन प्रक्रियामा सहजता प्रदान गर्न राजीनामा दिएको राजीनामापत्रमा उल्लेख गरिएको छ ।

राजीनामा छानबिन प्रक्रिया नसकिँदासम्मको लागि मात्र राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ । यससँगै छानबिन प्रक्रिया अवधिभरको लागि मात्र राजीनामा स्वीकृत गर्न मिल्छ कि मिल्दैन ? भन्ने प्रश्न उब्जिन पुगेको छ ।
‘राजीनामा भनेको राजीनामा हो, अल्पकालीन वा कुनै प्रक्रिया अवधिभरको भन्ने हुँदैन’ अभियन्ता अधिकारीले भने, ‘यो राजीनामा र यसमा प्रयोग भएको शब्दावली भयंकर चलाखीपूर्ण र द्वैत अर्थ लाग्ने किसिमका छन् । यसले राम्रो गर्दैन ।’

साथै अधिकारीले महराले सभामुख मात्र नभई गरिमामय पद सांसदबाट पनि राजीनामा दिनुपर्ने बताएका छन् । ‘उनी सभामुख र सांसद दुवै हुन् । यौन दुव्र्यवहारको आरोप सभामुखलाई मात्र लाग्ने, सांसदलाई नलाग्ने भन्ने हुँदैन, त्यसकारण सांसदबाट पनि तत्काल राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग पुर्याउनु पर्ने अधिकारीको धारणा छ । ‘सांसद पदबारे विज्ञप्तिमा मौन बस्नु महरालाई नैतिकताले दिँदैन’ उनले भने, ‘माननीय कायम रहँदा निष्पक्ष छानबिनमा असर पर्छ, माननीयमाथि जुनियर कर्मचारीले अनुसन्धान गर्न गाह्रो पर्छ । याे दु:खद् अवस्था हाे ।’

महरा दाङको निर्वाचन क्षेत्र नम्बर २ बाट तत्कालीन नेकपा माके उम्मेद्वारबाट विजयी संघीय संसद सदस्य (सांसद) हुन् ।

राजीनामा पत्र हेर्नुस्

Leave A Reply

Your email address will not be published.