आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाईँदै

0

काठमाण्डौं – आज नवदूर्गाको दोस्रो दिन ब्रह्मचारिणी देवीको दर्शन तथा पूजा आराधना गरि मनाईँदै छ। देशभरका शक्तिपीठहरुमा आज बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ । घटस्थापनाको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिन्छ।

काठमाडौंको हनुमानढोकास्थित दशैँ घरसँगै देशभरका देवी मन्दिरहरुमा घटस्थापना गरिएको छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

काठमाण्डौंका गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा गर्ने गरिन्छ ।

काठमाण्डौं बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि भक्तालुहरूको घुईंचो लागेको छ ।

Leave A Reply

Your email address will not be published.