ह्याकरहरुले गरे एयरबसमाथि साइबर आक्रमण

0

एजेन्सी – ह्याकरहरुले युरोपको हवाई कम्पनी एयरबसमाथि साइबर आक्रमण गरेका छन् ।

ह्याकरहरुले एयरबसका आपूर्तिकर्ताको विवरण चोरी गर्न खोजेका थिए ।

१२ महिनाको समयावधिमा ४ पटक सम्म आक्रमण प्रयास भएको दुई जना सुरक्षा विज्ञले बताएका छन् ।

एयरबसका सुरक्षा विज्ञका अनुसार एयरबस माथि आक्रमण गर्ने दुइजना चिनियाँ नागरिक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

एयरबसको लागि कार्य गर्ने दुईवटा फ्रान्सेली कम्पनीमाथि पनि साइबर आक्रमण भएको थियो ।

Leave A Reply

Your email address will not be published.