सत्तारुढ (ने क पा)लाई चुनाव चिन्ह सूर्य, प्रचण्ड एमालेमा विलय भएको प्रमाणित

0

काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई निर्वाचन आयोगले चुनाव चिन्ह सूर्य प्रदान गरेको सार्वजनिक गरेको छ । बिहिबार सार्वजनिक गरिएको २१ दलहरुको चुनाव चिन्ह सूचीमा ४ नम्बर छ ।

प्रकाशित सूचनामा ‘राजनीतिक दलको नाम’ कोलममा ‘नेपाल कम्युनिष्ट पार्टी (ने क पा) र ‘दललाई प्रदान गरिएको निर्वाचन चिन्ह’ कोलममा ‘सूर्य’ उल्लेख गरिएको छ ।

सत्तारुढ दल (ने क पा) तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भई गठित राजनीतिक दल हो । एकतापछि पार्टीको विचा, सिद्धान्त, झण्डा, चिन्हमा निकै लफडा चल्यो । माओवादी केन्द्र अर्थात माकेका अध्यक्ष प्रचण्ड पार्टीसहित एमाले अर्थात ‘सूर्य’मा विलय भएको विश्लेषण थुप्रै गरिए । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रचण्ड विचार र सिद्धान्तबाट विचलित भएर एमालेमा विलयमा भएको सार्वजनिक रुपमै टिप्पणी गरे । तर प्रचण्डले त्यस्ता टिप्पणीहरुको खुलेर खण्डन गर्दै आएका थिए ।

भन्थे, ‘(ने क पा) पार्टी माके र एमाले मिलेर बनेको एकता पार्टी हो, यसमा मलाई गर्व छ । एकतापछि तय गरिएको विचार र सिद्धान्तमा माओवादलाई छाडेका थिए उनले । जनयुद्धकालमा मालेमावाद बोकेका प्रचण्डले एकतापछि एमालेको ‘जनताको बहुदलीय जनवाद’ अर्थात ‘जबज’ पनि नहुने र आफूले मान्दै आएको माक्र्सवाद पनि नराखिने गरी ’जनताको जनवाद’ अर्थात ‘जज’ मान्ने तर्क समेत गरे । (ने क पा) बनेपछि पनि पूर्वएमाले पक्षधर नेताहरुले ‘जबज’ र पूर्व माके पक्षधर नेताहरुले ‘जज’ भन्न छाडेका छैनन् ।

‘जबज’ र ‘जज’को किचलो मेटाउने योजनामा पछिल्लो पटक ‘सि विचारधारा’ ल्याउने चर्चा थालिएको चर्चा पनि शुरु भएको छ । तर उसले चीनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) सँग ‘भाइचारा सम्धबन्ध’ काे तहमा मात्र सीमित भएकाे बताएकाे छ ।

प्रचण्ड पार्टी एकतापछि नयाँ पार्टीका अध्यक्ष बनिसकेको अवस्थामा पनि निर्वाचन आयोगले बिहिबार सार्वजनिक गरेको दलको नाम र दलको निर्वाचन चिन्ह प्रदान सूचीमा नेकपा (माओवादी केन्द्र)को अस्तित्व जीवितै देखिएको छ । माओवादी केन्द्रलाई एकता गरेर ‘अन्त्य’ गरिएको दाबी गरिरहेको बेला अस्तित्वमा रहेको पुष्टि भएको हो । प्रचण्ड एकतामा गएपछि लगत्तै उक्त पार्टीलाई गोपाल किराँतीले निर्वाचन आयोग दल दर्ता गराएका कारण अस्तित्वमा आएको हो । तत्कालीन माकेले पाएको चुनाव चिन्ह उनले पाएका छन् । अबका चुनाव नेपाली कांग्रेस र राजपा नेपालसहित २३ दलले निर्वाचन आयोगमा दर्ता भई भाग लिनेछन् ।

जे होस्, प्रचण्ड यसअघिका चुनावहरुमा गोलाकारभित्र हँसिया हथौडा चिन्ह लिएर भाग लिएका भएपनि अब उनलाई सूर्य चिन्हसाथ आगामी मंसिर १४ को तीनै तहका उपचुनावमा देख्न पाउने निश्चित भएको छ । यसअघिका चुनावमा सूर्य चिन्हमा तत्कालीन एमाले एक्लेले भाग लिएका थियो । त्यही चिन्ह आज प्रचण्डको काँधमा परेको छ । यससँगै प्रचण्ड एमालेमा विलय भएको विश्लेषण पूर्ण सावित भएको छ ।

Leave A Reply

Your email address will not be published.