बिरामी बोकेको जिप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

0

काठमाण्डौं – बिरामी बोकेर संखुवासभाबाट धरानतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको छ । मंगलबार राति संखुवासभाकै धर्मदेवी नगरपालिका ८ अक्करको भीरबाट जिप तल अरुण नदीमा खस्दा त्यसमा सवार ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी सहप्रवक्ता उमेशराज जोशीका अनुसार बिरामी बोकर धरान आउँदै गरेको को १ ज ३७४९ नम्बरको जिप अरुण खोलामा खसेको हो ।

राति पौने ११ बजे उक्त जिप खसेको आशंका गरिएको छ । अरुण नदीमा पानीको बहाव बढेकाले खोजीमा कठिनाइ भएको छ । राति नै खाँदबारीबाट प्रहरीको टोली घटनास्थलमा खटिएको उनले जानकारी दिए । बेपत्ता हुनेमा एकै परिवारका तीनजना रहेका छन् ।

Leave A Reply

Your email address will not be published.