जयशंकरको घोषणा – पाकिस्तान अधिनस्थ काश्मीर भारतको हिस्सा हुनेछ

0

बीबीसी – भारतका विदेश मन्त्री एस जयशंकरले पाकिस्तान अधिनस्थ काश्मीर एक दिन भारतको हिस्सा हुने बताएका छन् ।

आफ्नो कार्यकालको सय दिन पूरा भएको अवसरमा उनले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै भारतका विदेश मन्त्री जयशंकरले भनेका छन्,“पाकिस्तान अधिनस्थ काश्मीरको बारेमा भारतको दृष्टिकोण प्रष्ट छ । पाकिस्तान भारतको हिस्सा हो र हामीलाई लाग्छ एक दिन त्यो भारतको हिस्सा हुनेछ ।”

भारतीय विदेश मन्त्रीले संविधानको धारा ३७० को बारेमा भने,“यो दुईपक्षीय मुद्दा होइन । यो भारतको आन्तरिक मुद्दा हो । पाकिस्तानको साथ धारा ३७०को मुद्दा छँदै छैन । पाकिस्तानसँग आतंकवादको मुद्दा छ ।”

जयशंकरभन्दा पहिला भारतका अरु पनि थुप्रै नेताहरुले पाकिस्तान अधिनस्थ काश्मीरलाई भारतको हिस्सा बनाइने बताउँदै आएका थिए ।

यसअघि कसले के भनेका थिए ?

रक्षामन्त्री राजनाथ सिंहले हरियाणाको पंचकुलामा एक चुनावी सभालाई सम्बोधन गर्दै यदि भारतको पाकिस्तानसँग वार्ता हुन्छ भने त्यो वार्ता केवल पाकिस्तान अधिनस्थ काश्मीरको मामिलामा हुने बताएका थिए । भारतका गृहमन्त्री तथा भाजपाका अध्यक्ष अमित शाहले संसदमा बोल्दै संविधानको धारा ३७० मा बहस गर्दै चीन अधिनस्थ र पाकिस्तान अधिनस्थ काश्मीर भारतका अभिन्न हिस्सा भएकोले यसको लागि आफूहरुले ज्यान समेत दिने बताएका थिए ।

यस्तै केन्द्रीय मन्त्री जितेन्द्र सिंहले अबको एजेण्डा पाकिस्तानको कब्जामा रहेको काश्मीरलाई भारतको अभिन्न हिस्सा बनाउनु भएको जनाएका थिए । भाजपाका राष्ट्रिय महासचिव राम माधवले धारा ३७० अब इतिहास भइसकेको जनाउँदै अब भारतले अन्य कुरामा सोच्नुपर्ने र त्यसमा पाकिस्तान अधिनस्थ काश्मीर पनि रहेको जनाएका थिए ।

केन्द्रीय मन्त्री गिरिराज सिंहले पनि पाकिस्तान अधिनस्थ काश्मीर आफूहरुको भएको जनाउँदै भारतकै हुने जनाएका थिए । उनले यो सबै हिन्दुस्तानीको भावना भएको र प्रधानमन्त्री नरेन्द्र मोदीमाथि हिन्दुस्तानको भरोसा रहेको समेत उल्लेख गरेका थिए । पाकिस्तान अधिनस्थ काश्मीर भारतकै हुने उनको दाबी थियो ।

अर्का नेता शिवराजसिंह चौहानले पाकिस्तान अधिनस्थ काश्मीर बनाउनको लागि तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु जिम्मेवार रहेको आरोप लगाएका थिए । केन्द्रीय मन्त्री रामदास अठावलेले पाकिस्तानले आफू अधिनस्थ काश्मीर भारतलाई सुम्पनु राम्रो हुने समेत जनाएका थिए । उनले पाकिस्तान अधिनस्थ काश्मीरका मानिस पाकिस्तानसँग खुसी नरहेको र उनीहरु भारतको हिस्सा बन्न इच्छुक रहेको उल्लेख गरेका थिए ।

जम्मु काश्मीरका राज्यपाल सत्यपाल मलिकले पनि भविश्यमा पाकिस्तान अधिनस्थ काश्मीरका जनताले आफ्नो भूभागलाई भारतमा गाभ्नुपर्यो भन्ने माग राख्ने दिन आउने बताएका थिए । यसैगरी भारतका स्थल सेनाप्रमुख बिपिन रावतले पनि भनेका थिए,“पाकिस्तान अधिनस्थ कश्मीरको लागि पनि एजेण्डा तयार भइसकेको छ । भारतको हिस्सा बनाउनेछौं ।”

यद्यपि यस्तो मामिलामा सरकारले निर्णय लिने समेत सेनाप्रमुखले बताएका थिए । एकपटक सरकारले आदेश दिएमा अन्य निकायले तयारी गर्ने बताउँदै उनले सेना जतिबेलै यसका लागि तयार रहेको समेत उल्लेख गरेका थिए ।

Leave A Reply

Your email address will not be published.