प्रचण्डले टीकापुर घटनाबारे गोहीको आँसु झार्दैमा पत्याउँदैनाैं: लक्ष्मण थारु

0

काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनालाई ‘थारु अधिकारको विद्रोह’ भनी दिएको अभिव्यक्तिलाई थारु समूदायका युवा नेता लक्ष्मण थारुले ‘गोहीको आँसु’को संख्या दिएका छन् ।

प्रर्वप्रधानमन्त्रीको अभिव्यक्तिप्रति थारु नेता लक्ष्मणले कडा आपत्ति जनाएका छन् । थारुहरुको एजेण्डा छाडिसकेका प्रचण्डलाई आइन्दा यस्ता द्वैत अभिव्यक्ति नदिन चेतावनी समेत दिएका छन् । प्रचण्ड दोहोरो चरित्र देखाउने पात्र भएको दाबी नेता थारुको छ । ‘गोहीको आँसु’ झार्नु व्यर्थ रहेको उनको भनाई छ । सञ्चारमाध्यमसँगकाे कुराकानीका क्रममा थरुह६ नेता थारुले साे कुरा बताएका हुन् ।

हिजो आइतबार थारु कल्याणकारिणी सभाको ज्ञापन बुझ्दै अध्यक्ष प्रचण्डले टीकापुर घटनालाई थारु विद्रोहको रुपमा चर्चा गरेका थिए । संविधान जारी गर्दाताका असन्तुष्टी जनाउँदै २०७२ भदौ ६ र ७ गते कैलालीको टिकापुरमा आन्दोलन गरेका थिए । सोही क्रममा भदौ ७ मा टिकापुरमा भएको झडपमा एसपी लक्ष्मण न्यौपानेसहित ७ सुरुक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो ।

सोही घटनासँग जोडिएको मुद्दामा प्रतिनिधि सभा सदस्य (सांसद) रेशम थारु अहिले पनि जेलमा छन् । सांसद थारु निलम्बित छन्। करिब दर्जन संख्यामा थारु युवाहरु अहिलेपनि जेलमा छन् । नेता थारुले थारुहरुप्रति प्रचण्डले मुखमा रामराम बगलीमा छुरा जस्तै प्रवृत्ति देखाएको भन्दै थारु समूदायको अधिकारको विषयमा जथाभावी बोलेर थारुहरुलाई उत्तेजित नपार्न प्रचण्डसँग आग्रह गरे ।

‘निर्दोष थारुहरुलाई जेलमा थुनेर राख्ने, बाहिर गोहीको आँशु बगाउने प्रचण्डको दोहोरो चरित्र थारुहरुले बुझिसकेका छन्’ नेता लक्ष्मण थारुले भने, ‘माननीय रेशम चौधरीसहित ११ जनालाई जेलमुक्त गरेको खोइ ?’

Leave A Reply

Your email address will not be published.