कसरी पुग्यो पुलिसले बोक्ने पेस्तोल लुटेराको हातमा !

0

पक्राउ परे भगौडा आर्मीदेखि विप्लव कार्यकर्तासम्म

काठमाण्डौं – काठमाण्डौं प्रहरी परिसरको विषेश टोलीले शनिबार दुई वटा चाइनिज पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित राजधानीबाट ८ जना पक्राउ गर्‍यो। पक्राउ पर्नेमा नेपाल आर्मीका भगौडादेखि विप्लव कार्यकर्तासम्म रहेका छन्।

प्रहरीको दावी मान्ने हो भने बरामद भएका हतियार अवैधरुपमा भित्रिएका सुन लुट्ने, नक्कली सुनलाई सक्कली भनि बेच्ने र डकैतीमा प्रयोग हुने गरेको थियो। बौद्धको एक घरमा लुटपाटको योजना बनाइरहेका बेला गिरोहलाई नियन्त्रण गरेको दावी काठमाण्डौं प्रहरी प्रवक्ता डीसपी होबिन्द्र बोगटीले गरे।

गोरखाका ३८ वर्षीय कुशल अधिकारी, नुवाकोटका २९ वर्षीय रामबहादुर तामाङ, ३० वर्षीय पिटर तामाङ, ३० वर्षीय राजन तामाङ र २५ वर्षीय धर्मराज तामाङ, गुल्मीका ३० वर्षीय युवराज भन्डारी, रसुवाका २९ वर्षीय योर्साङ घले र धादिङका २७ वर्षीय विजय तामाङ रहेका छन्।

कुशल, राम, विजय, पिटर र धर्म काठमाण्डौं महानगरपालिका-१६ मा रहेको हाई रेस्टुरेन्ट एन्ड डान्स बारका सन्चालकहरु हुन्। प्रहरीका अनुसार कुशल नेपाल आर्मीका भगौडा हुन् भने योर्साङ विप्लव माओवादी निकटका रहेका छन्।

‘बरामद भएका दुवै चाइनिज पेस्तोल नेपाल पुलिसले प्रयोग गर्ने खालका छन्। पेस्तोल बाहिर लेखिएको नम्बरहरु सबै मेटिएको र प्रयोग भइरहेको अवस्थाको देखिएकाले पुलिसकै पेस्तोल हुन सक्ने हाम्रो अनुमान हो’, एक अनुसन्धान अधिकृतले भने।

काठमाण्डौं प्रहरी प्रवक्ता बोगटीले पक्राउ परेका अभियुक्तहरु प्रहरीको भेषमा पनि लुटपाटमा संलग्न हुने गरेको दावी गरे। ‘ पक्राउ परेकाहरुको हुलिया प्रहरीको जस्तै छ। उनिहरु आफुलाई प्रहरी बताएर लुटपाट गर्ने गरेको देखिन्छ’, उनले भने।

Leave A Reply

Your email address will not be published.