विप्लवकाे प्रश्न : रत्नपार्कमा कुर्सी राखेर जनताका बीचमा वार्ता गर्न सरकार तयार छ ?

0

काठमाण्डौं – सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि वार्तालाई शक्ति सञ्चय र नेताकार्यकर्ता छुटाउनका लागि उपयोग गर्न खोजेको आरोप लगाउँदै आइरहेको बेला पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टी वार्ता विरोधी नरहेको कुरा दोहोर्याएका छन् ।

यूट्युब च्यानल ईरातो खबर टिभीलाई हालै एक अन्तवार्ता दिँदै महासचिव विप्लवले आफूले नेपाली जनता र देशको हितमा पार्टी नेतृत्व गरिरहेको र जनताकै माग अनुसार राजश्व छल्ने एनसेल, मानव दलालको धन्दा गरिरहेको केही म्यानपावर कम्पनीहरुमाथि कारवाही गरेको बताएका छन् । लुट र राजश्वमारा कार्य बन्द गर्न अटेरगरेपछि कारवाही गरिएको भन्दै त्यस्ता थप संस्थाहरुमाथि पनि कारवाही गरिने चेतावनी उनले अन्तवार्तामा दिएका छन् ।

नागरिकसँग रकम असुलेर अर्बौैं रुपैयाँ कर छल्ने, भ्रष्टाचार गर्ने र राष्ट्रको हितविपरीत विदेशीलाई नदी बेच्ने राष्ट्रघातीविरुद्ध सचेत गराउँदा आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएको आरोप विप्लवले सरकारमाथि लगाएका छन् । ‘लुटको प्रतिवाद गर्दा, भ्रष्टचारीविरुद्ध कारवाही गर्दा, राष्ट्रघातीलाई त्यसो नर्ग सम्झाउँदा हामीमाथि के को प्रतिबन्ध ? के को दमन ?’ उनले भने, ‘हामी युद्ध गर्न खोजेको आरोप सरकारले लगाएको छ, वास्तवमा युद्ध त सरकारले लाद्ने काम गर्दैछ । हामीले क्रान्ति गर्ने कुरा गरिरहेका छौं । क्रान्ति भनेको परिवर्तन हो । यो कुरा आमजनताले स्पष्टसँग बुझ्न जरुरी छ ।’

उनले वार्ताको प्रसंगबारे पनि विचार राखेका छन् । महासचिव विप्लवले अन्तर्वार्तामा आफू रत्नपार्कमा कुर्सी राखेर जनतासामू सरकारसँग वार्ता गर्न तयार रहेको प्रष्ट विचार राख्दै सरकारले लगाएको वार्ताविरोधीको आरोप खण्डन गरेका छन् । ‘हामी वार्ता विरोधी होइन, देश र जनताको पक्षमा परिणाममुखी वार्ताको पक्षमा छौं’ विप्लवले सरकारलाई प्रश्न गर्दै भने, ‘के सरकार रत्नपार्क कुर्सी राखेर आमजनताका अगाडि बसेर वार्ता गरौं न त, के सरकार यसो गर्न तयार छ ?’ समस्याको शान्तिपूर्ण निकासका लागि नेपाल कम्युनिस्ट पार्टी सधैं तयार रहेको पनि उनले प्रष्ट पारेका छन् ।

सरकारले आफ्नो भ्रष्टचार र राष्ट्रघाती अनुहार छोप्नका लागि आफूहरुलाई जनतासँग खुला रुपमा जानै नदिने षडयन्त्रअनुरुप आफूहरुमाथि प्रतिबन्ध लगाएको विचार विप्लवले राखेका छन् । भ्रष्टाचार र राष्ट्रघातका विरुद्ध जनताले सडकबाटोमा कारवाहीका लागि व्यापक आवाज उठाइरहेको उनले बताए । नेपालमा लुट्न आएका कुनैपनि विदेशी कम्पनीलाई कारवाही गर्ने चेतावनी उनको छ

Leave A Reply

Your email address will not be published.