भोलि हुने एमबिबिएस प्रवेश परीक्षा रोक्न सर्वोच्चको आदेश

0

काठमाण्डौं – शनिबार हुन लागेको एमबिबिएस प्रवेश परीक्षा नगर्न सर्वोच्च अदालतले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) लाई आदेश दिएको छ ।

चित्किसा शिक्षा ऐन विपरीत प्रवेश परीक्षा हुन लागेको भन्दै आयुष ओझाले बिहीबार दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले तत्काल भोलिको परीक्षा रोक्न र थप छलफलका लागि भदौ २५ गते उपस्थित हुन आदेश दिएको हो ।

चिकित्सा शिक्षा ऐनमा एमबिबिएस प्रवेश परीक्षा एकीकृत रुपमा गर्नुपर्ने भए पनि आइओएमले छुट्टै लिन लागेको भन्दै ओझाले रोक्नमा माग गर्दै रिट दायर गरेका थिए ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘भोलि मिति २०७६/५/२१ मा हुन लागेको उक्त त्रिविवि अन्तरगतका चिकित्सा शिक्षण संस्थान अन्तरगतको एमबिबिएस तहको प्रवेश परीक्षा सञ्चालन नगरी सर्वोच्च अदालत नियमावली २०७४ को निमय ४९(२) (ख) बमोजिम तत्कालै यथास्थितिमा राखी छलफलको निम्ती मिति २०७६/५/२५ गते आउनु…।’

आदेशमा परीक्षा सञ्चालन गर्नुको कारण समेत १५ दिनभित्र पेश गर्न आदेश भएको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

यसैबीच, सर्वोच्चको आदेशपछि आइओएमले परीक्षा रद्द गरिएको सूचना परीक्षार्थीलाई आजै दिइसकेको छ ।

Leave A Reply

Your email address will not be published.