नाइजेरिया चर्चमा आत्मघाती आक्रमण पाँचको मृत्यु

0

उत्तरपूर्वी नाइजेरियाली सहर पोटिस्कुममा अवस्थित एक चर्चभित्रै आइतबार भएको आत्मघाती आक्रमणमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । चर्चमा प्रार्थणा गरिरेहका पाँच व्यक्ति आत्मघाती आक्रमणमा मारिएका बताइएको छ । पोटिस्कुमको बाहिरी इलाकामा रहेको जिगावा क्षेत्रमा रहेको सो चर्चमा विस्फोटन पदार्थ विस्फोटन गराइएको हो । चर्चमा प्रार्थना गरिरेहका चार व्यक्तिको घटनास्थलमै मृत्यु भएको अर्का एक घाइतेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ । एक प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई सो जानकारी दिएका छन् ।
सो आत्मघाती आक्रमणमा एक महिला, उनकै दुई सन्तान, एक पादरीलगायत प्रार्थना नै गरिरहेका अर्का एक व्यक्तिको मृत्यु भएको नाम नबताउने सर्तमा प्रहरी अधिकारीले जानकारी दिएका छन् । यस आक्रमणको हालसम्म कुनै पनि आतङ्ककारी समूहले जिम्मा भने लिएको छैन । तर योबे राज्यको व्यापारिक राजधानी पोटिस्कुममा गत छ वर्षयता बोको हराम आतङ्ककारी समूहले बारम्बार आक्रमण गर्दै आएको पाइन्छ । योबे राज्यकै छिमेकमा पर्ने बोर्नो राज्यमा केहीदिन यता आतङ्ककारी समूहले शृखलाबद्ध रुपमा मस्जिद, गाउँ र बजार इलाकामा गरेको आक्रमणमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.