चीनमा ८ बालबालिकाको स्कुलअगाडि हत्या

0

एजेन्सी – चीनको हुवेई प्रान्तमा सोमबार एउटा प्राथमिक विद्यालयको बाहिर भएकाे एक आक्रमणमा ८ जना बालबालिका मारिएका छन्। ती बालबालिका गर्मीको विदा सकिएपछि पहिलो दिन विद्यालय गएका थिए।

घटनास्थलबाट करिब ४० वर्षीय एक जना व्यक्तिलाई पक्राउ गरिएको  एन्सी सहरको प्रहरीलाई उद्धृत गर्दै चिनियाँ सञ्चार माध्यमले जनाएका छन्। बालबालिकाको हत्याको कारण र हतियारका बारेमा प्रहरी थप जानकारी दिएको छैन।

पछिल्लो दशक चीनमा यस्ता घटनामा धेरै बालबालिकाहरुले ज्यान गुमाइसकेका छन्।

चिनियाँ सरकारले बन्दुकमा कडा प्रतिवन्ध लगाइएपछि यस्ता घटनामा चक्कु लगायतका धारिला हतियारको प्रयोग हुँदै आएको छ। सरकारले यस्ता घटनामा मानसिक सन्तुलन ठिक नभएकाहरुको संलग्नता रहेको दावी गर्दै आएको छ।

पछिल्लो वर्षहरुमा विद्यालयमा यस प्रकारको आक्रमण केही कम भएपनि समय समयमा यस्ता घटना दाेहाेरिरहेका छन्।

गत अप्रिलमा मात्रै शान्सी प्रान्तको एक विद्यालयको नजिकै एक जना २८ वर्षे व्यक्तिले गरेको चक्कु हमलामा नौ जना बालबालिका मारिएका थिए भने १० भन्दा बढी घाइते भएका थिए।

यस्तै गत जुनमा सांघाई प्रान्तको एक विद्यालय अगाडि एक जनाले दुई जना बच्चाको हत्या गरेका थिए। प्रहरीका अनुसार उसले समाजसँग बदला लिन उक्त भयानक आक्रमण गरेको जनाएकाे थियो।

Leave A Reply

Your email address will not be published.