गैर आवासीय नेपाली संघ युरोपीयन संयोजकमा प्रेम गुरुङले उम्मेदवारी दिने

0


आगामी  अक्टोबरमा काठमाण्डौमा सम्पन्न हुन गैरहेको गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रीय समन्वय परिषदको २०१९-२०२१ को कार्यकालको लागि हुने निर्वाचनमा बेल्जियमका प्रेम गुरूङले युरोप क्षेत्रको संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।


एनआरएन ए बेल्जियमको २०१३-०१५ का अध्यक्ष रहेका गुरूङ  युरोपीयन उपसंयोजक रहेर कार्यभार सम्हाली सकेका छन् । आफु अध्यक्ष रहेको बेला बेल्जियममा अप्ठेरोमा परेका  नेपालीहरूको हीतको लागि अक्षयकोष स्थापना गरेका गुरुङ ले  नेपालमा भूकम्प पीडितको सहयोगार्थ बिभिन्न कार्यक्रमहरू सञ्चालन गरी एक करोड बढी रूपैयाँको सहयोग जुटाउन सफल भएका थिए ।      
   बेल्जियममा स्थापित व्यावसायीको रूपमा परिचित गुरूङले हाल सफल रूपमा होटल तथा रेष्टुराँ व्यवसाय सञ्चालन गरिरहेका छन् । आफ्ना प्रतिवद्धता र कार्यक्रम निर्धारणमा हाल ब्यस्त रहेको र निकट भविष्यमै प्रष्ट खाका सहित प्रस्तुत हुने कार्यक्रम रहेको बताएका छन् ,
Leave A Reply

Your email address will not be published.