एनआरएन युरोप सन्योजकमा गंगाधर गौतमको उम्मेद्बारी हुने

0

युरोपको नेपाली समुदायमा सामाजिक र राजनीतिक क्षेत्रमा निकै चर्चित पात्र गैर आबासीय नेपाली संघ बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतमले संघको आगामी अन्तरास्ट्रिय अधिबेशनमा युरोप संयोजक पदका लागि आफ्नो उम्मेद्बारी घोषणा गरेका छन ।

२००६ मा गैर आबासीय नेपाली संघ बेल्जियमको उपाध्यक्ष निर्बाचित भएका गौतम निरन्तर संघको अभियानमा बिभिन्न जिम्मेवारीमा बसेर सक्रिय रहदै आएका छन । गत अधिबेशनमा पनि युरोप सन्योजकमा उम्मेद्बारी दिएका गौतम बेल्जियम र युरोप काङ्रेसको आन्तरिक बिबादका कारण पराजित भएका थिए ।

यस पटक सङ्गठनमा एकताको भाबना बढेको र अन्य साथीहरुले पनि गैर आबासीय नेपाली अभियानलाई युरोपमा मजबुत बनाउन मजबुत नेत्रित्वको आवश्यकता महशुस गरी आफुलाई नेत्रित्व गरिदिन आग्रह गरेकाले युरोप सन्योजक पदमा उम्मेद्वार हुन लागेको गौतमको भनाइ छ,

काङ्रेश पार्टीको राजनितिमा विद्यार्थीकाल देखिनै सकृय गौतम नेबीसंघ बाग्लुङ जिल्ला अध्यक्ष , हुदै स्ववियू सभापति, त्रिभुबन विश्वाबिद्यालय स्ववियू काउन्सिल सदस्य र बेल्जियम जन संपर्क समितिको पूर्व अध्यक्ष पनि हुन । गैर आबासीय नेपाली संघका गतिबिधीहरु पारदर्शी हुन नसकेको गुनासो बढी रहेकोले अब पनि संगठनलाई पुरानै ढरराले चलाएे यसको अस्तित्वनै संकटमा पर्ने अवस्था आउने हुँदा नयाँ सोच, बिचार र प्रबासको नेपाली समुदायको वास्तविक अवस्था बुझेर अगाडि बढ्नू पर्ने उनको धारणा रहेको छ ।

गैर आबासीय नेपाली संघमा राजनीति गरिनु हुँदैन भनी बारबार भनिने तर व्यबहार राजनितिक संगठनको सहयोग बिना केही पनि गर्न नसक्ने अवस्था भएकोले यसको समसामयिक ब्यबस्थापन गर्नु अती आबस्यक भएकोले संगठनको दिर्घकालिन फाईदाका लागि सामाजिक , जातीय र बैचारिक फाटको सन्तुलन कायम गर्नु पर्ने आवश्यकता छ भन्दै आफुले संगठनको हित , नेपाल र नेपालीको प्रगतिका लागि नेपालको राजनितिक नेत्रित्व र संघको नेत्रित्व बिचमा खुला र पारदर्शी सम्बाद कायम गराउन भूमिका खेल्ने उद्द्यस्य राखेको उनको भनाइ छ ।

संस्थाको ब्रिहत्तर हितका लागि आफ्नो एजेण्डा स्थापित गराउन निकै कठोर हुन सक्ने तर ब्यक्तिगत रुपमा अत्यन्त मिलनसार र सहयोगी स्वाभाब भएका गौतम हरेक संगठन आफ्नो उद्द्यस्य अनुसार चल्नु पर्ने र संगठन बुझेको ब्यक्ती नेत्रित्वमा भए समाजले चाहेको काम गर्न सकिने बताउछन । गैर आबासीय नेपाली संघको उज्ज्वल भबिस्य यसको कामले निर्धारणा गर्ने हुँदा काम गर्न सक्ने नेत्रित्वका लागि आफ्नो बिबेक प्रयोग गर्न र आफु त्यो कसीमा पास् भए युरोप सन्योजकको जिम्मेदारी दिन उनले नेपाली समुदायलाई अनुरोध गरेक छन ।

Leave A Reply

Your email address will not be published.