एनआरएनए युरोप संयोजक शिव बरुवालको सचिबमा उम्मेद्वारी

0

आगामी अक्टोबर १५-१७ मा काठमाडौंमा हुन गैरहेको एनआरएनए आइसिसि को नबौ अन्तर्राष्ट्रिय महाधिवेशनमा एनआरएनए युरोप सयोजक शिव कुमार बरुवालले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको सचीव पदमा उम्मेद्बारी दिने भएका छन ।

युरोप सयोजकको हैसियतले दुई बर्ष् जिम्मेवेरए सफलता पुर्बक सम्पन्न गरि आगमी दिनमा एन आरएनए को अभियानलाई अझ समृद्ध र सुदृढ गरि सबै गैर आवासीय नेपालीहरुको अपनत्व हुने गरि एनआरएन को नीति तथा कार्ययोजना अगाडि बढाउन र नेपालको समृद्धिमा एनआरएनलाई अझ बलियो साझेदार को रुपमा स्थापित गर्न आफुले एनआरएनएको सचीव पदमा उम्मेद्बारी दिन लागेको उहाले बताउनु भएको छ ।

एनआरएनए बेल्जियमको स्थापनाकाल देखि नै यस् अभियानमा सक्रिय बरुवाल २००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य, २००९–२०११ मा एनआरएनए बेल्जियमको महासचिव, २०११–२०१३ मा एनआरएनए अन्र्तराष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्य सन २०१७-१९ मा युरोप सयोजकको हैसियतले संगठनका बिभिन्न गतिविधि मा सम्लग्न हुनु हुन्छ ।

आफु युरोप सँयोजकको जिम्मेवारीमा हुँदा संगठन सुद्रिढिकरण र यसको बिस्तारमा सक्दो प्रयास गर्दै माल्टा र स्लोभाकियामा नयाँ एनसीसी गठन र लक्सेम्बर्ग र इटालीमा युरोपियन बैठक र महिला भेला सम्पन्न भएका र सस्थाको हित हुने अन्य दिर्घकालिन कामहरु गरेको चारदिशा सँगको सम्बादमा बरुवालले बताउनु भयो । यी बैठकहरुमा नेपालमा लगानी प्रबर्धन र पर्यतन बिकासका लागि नेपाल सरकारका पररास्ट्रमन्त्री र गैर आबासिय नागरिकता लगायत सम्पत्ती र लगानी सुरक्षा जस्ता बिषयमा कानुनमन्त्री, युरोप भरिका राजदुत, पर्यटन सचिब र नेपाल भ्रमण् बर्षका सँयोजक लगायत सँग अन्तर्कृया, छलफल र सुझाब प्रस्तुत गरिएको थियो .

आफ्नो कार्यकाल मा एनआरएन आइ सि सि ले सुरु गरेक हरेक कार्यक्रम देखि एनआरएनको विभिन्न क्षेत्रमा भएका क्षेत्रीय भेलामा पनि उहाँ सकृय सहभागिता रहेको थियो ।

सन २००० मा अध्ययनको क्रममा बेल्जियममा पुगेका बरुवाल विभिन्न संघ–संस्थाको सस्थापक हुँदै हाल क्रियाशिल संघ–संस्थाहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्लग्न भै सामाजिक क्षेत्रमा स्थापित छन । बरुवाल एनआरएन र सामजिक सस्था मार्फत आफुले नेपालको दुर्गम जिल्लाहरुमा विभिन्न परोपकारी काम गरि रहेको बताउनु हुन्छ ।

बेल्जियममा नेपाली सामाग्रीहरुको प्रर्वद्धन गर्ने नेपाली सामाग्रीहरुको डिपार्टमेन्टस्टोर , रेस्टुरेन्ट र यसियन सामानको होलसेल ब्यवसाय सञ्चालन गरेका बरुवाल हाल बेल्जियम का ब्याबसायीहरु लाई एकीकृत गरि सामुहिक रुपमा नेपालमा हाइड्रो र कृषि क्षेत्रमा लगानी भित्र्याउन काम गरेका छन ।

नेपाल पर्यटन बोर्डको तर्फबाट बेल्जियमका लागि मानार्थ पर्यटन दुतको रुपमा बेल्जियम र युरोप भरी पर्यटन प्रबर्द्धनमा पनि विभिन्न कार्ययोजना बनाएर सकृय हुनुहुन्छ ।

एनआरएनए का लक्ष र उदेश्य अनुरुपका कार्यमा बरुवालले आफुलाइ अब्बल साबित गराएको र आफ्नो जिम्माको काम अतिनै लगनशीलताका साथ सम्पन्न गर्ने भएकाले उहाँ एनआरएनएको आगामी कार्यकालको लागि सचिब पदको सबैको प्रिय र सक्षम उम्मेद्बारको रुपमा रहेको एनआरएनहरुको अभिमत छ ।

Leave A Reply

Your email address will not be published.