फेसबुकमा हिट भएको तस्बिर कसको होला ?

0

लण्डन, २१ असार । संभवत हामी सबैको फेसबुकमा एउटा तस्विर निकै हिट छ । तस्विरसँग रमाइला जोक्सहरु पनि पढ्न पाइन्छ । कार्टुन र जोक्सले सबैलाई खित्का छाडेर हाँस्न बाध्य बनाउँछ । तर फेसबुकमा देखिने उक्त तस्विर कसको होला भनेर सबैलाई कौतुहल भएकै हुनुपर्छ । मंगोलियन अनुहार भएको उक्त तस्विर कतिले स्केच मात्र हो भनेका छन् भने कतिले कुनै नेपालीकै वास्तविक तस्बिर भनेर चर्चा गर्ने गर्छन ।
‘शेरे’को उपनाम पाएको यो तस्विर आखिर कसको हो त ? धेरैलाई यो तस्विरका बारेमा जानकारी नहुन सक्छ । तर तस्विरमा भएका व्यक्ति चर्चित चिनीयां बास्केटबाल खेलाडीको हो । उनको नाम याओ मिङ हो । उनी ७ फिट ६ इन्च अग्ला छन् । १८ बर्षको हुँदा उनले सन् २००२ मा चीनको राष्ट्रिय समूहबाट बास्केटबल खेल्न सुरु गरेका थिए ।
सन् २००९ मे महिनामा एउटा प्रतियोगिता पछि भएको पत्रकार सम्मेलनमा उनले यस्तो अनुहार बनाएका थिए । पत्रकार सम्मेलनमै एकजना चित्रकारले सो फोटोको सेतो स्केच बनाई व्यङ्गका रुपमा प्रयोग गर्ने निर्णय गरेका थिए । त्यसपछि फेसबुकमा उनको तस्विर भाइरल झै फैलिएको थियो । नेपालीहरुको फेसबुकमा उनको तस्विर मजाले छाएको छ । –एजेन्सी

Leave A Reply

Your email address will not be published.