अमेरिकातर्फ बढिरहेको छ भयानक समुद्री तुफान, ट्रम्पले भने – ‘बम हानेर उडाइदिउँ’

0

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कतिबेला के बोल्छन् भन्ने कसैलाई पत्तै हुँदैन । कहिलेकाहीँ उनी यतिसम्म विवादित कुरा बोल्छन् कि उनको लामो समयसम्म चर्चा हुन्छ । अहिले फेरि उनी यस्तै बयानका कारण मिडियाको निशानामा परेका छन् । अमेरिकी समाचार वेबसाइट एक्सिअसको समाचारअनुसार ट्रम्पले अमेरिकातर्फ बढिरहेको तुफानलाई रोक्न न्यूक्लियर बम हानेर उडाइदिने प्रस्ताव गरेका थिए ।

समाचारअनुसार अफ्रिकी तटबाट अमेरिकातर्फ तीब्र गतिमा बढिरहेको तुफानलाई रोक्ने विषयमा ह्वाइट हाउसमा छलफल भइरहेको थियो । यही क्रममा उनले आफ्ना अधिकारीहरुसँग भने ‘हामीले यो तुफानलाई न्यूक्लियर बमले उडाइदिँदा कस्तो हुन्छ ? ताकि यो अमेरिकासम्म आउनै नपाओस् ।’ अफ्रिकी तटबाट उठेको समुद्री तुफान ‘एलेक्स’ छिटै अमेरिकी तटमा पुग्दैछ ।

अहिले ट्रम्पको यो बयान चर्चाको विषय बनेको छ । रिपोर्टका अनुसार ट्रम्पले यसअघि पनि यस्ता राय दिएका थिए र आफ्ना वैज्ञानिकहरुलाई यस विषयमा अनुसन्धान गर्न भनेका थिए । ह्वाइट हाउसले ट्रम्पको यस्तो बयान नआएको दावी गरेको छ तर एक्सिअसले एक बरिष्ठ अधिकारीलाई उद्धृत गर्दै उनले ट्रम्पको उद्देश्य गलत नभएको बताएको उल्लेख गरेको छ ।

Leave A Reply

Your email address will not be published.