अरिङ्गालको टोकाइबाट जाजरकाेटमा एक महिलाको मृत्यु

0

जाजारकोट– जाजरकोटमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ।

नलगाड नगरपालिका– १ पालि ठूलाबगरकी ५५ वर्षीया बेलमति पुनको अरिङ्गालको टोकाइबाट शनिबार मुत्यु भएको हो।

घाँस काट्न गएकाबेला शुक्रबार बिहान अरिङ्गालले टोकेपछि उपचारका लागि रुकुम पश्चिमको मिसन हस्पिटल चौरजहारी लगिएको थियो।

चौरजहारी अस्पतालले नेपालगञ्ज उपचारका लागि लैजान सिफारिश गरे पनि परिवारका सदस्यले बेलमतिलाई केही सञ्चो भएको भन्दै शुक्रबार राति घर फर्काएका थिए।

शनिबार बिहान फेरि दुखाइ बढेपछि रुकुम पश्चिमको आठबिसकोट नगर अस्पाल पु¥याएको भए पनि उपचार गर्दा, गर्दा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

Leave A Reply

Your email address will not be published.