ट्रम्पले डेनमार्ककी प्रधानमन्त्रीलाई भने ‘नास्टी’ भनेपछी……..

0

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्ककी प्रधानमन्त्रीलाई ‘नास्टी’ अर्थात घृणायोग्य भनेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रिनल्याण्ड किन्ने बताएको थिए, डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सेनले सो प्रस्ताव खारेज गरेकी थिइन् । डेनमार्ककी प्रधानमन्त्री मेटेले जमिन सम्बन्धी सम्झौताका लागि ट्रम्पको प्रस्ताव बेतुकको भन्दै खारेज गरेकी हुन् ।

मेटेको प्रतिक्रियापछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो पूर्व निर्धारित डेनमार्क भ्रमण एकाएक रद्द गरे । महारानी माग्र्रेगथी द्वितियले अमेरिकी राष्ट्रपति ट्रम्पलाई डेनमार्कको राजकीय भ्रमणमा बोलाएकी थिइन् । ट्रम्प सेप्टेम्बर २ मा डेनमार्क जाने तयारी थियो ।

तर ट्रम्पले एकाएक भ्रमण रद्द गरेको र त्यसमा अपनाएको प्रक्रियाले डेनमार्क अचम्मित परेको छ।

ट्रम्पले ह्वाइटहाउसमा स्थानीय समय अनुसार बुधबार अपराहन्न पत्रकारसँग कुरा गर्दै भने, ‘जमिन सम्बन्धी सम्झौता सम्बन्धी प्रस्ताव बेतुकको बताउने प्रधानमन्त्री मेटेको वक्तव्य नै बेतुकको र नास्टी छ । मलाई लाग्छ यो वक्तव्य अनुचित छ । उनले मात्रै हामी प्रस्तावित आइडिया स्वीकार गर्न सक्दैनौँ भनेको भए हुने थियो ।’

ग्रिनल्याण्ड डेनमार्ककको अधिनमा रहेको स्वायत्त क्षेत्र हो । ट्रम्पले आफ्ना ट्वीटहरुमा डेनमार्कलाई निशाना बनाइरहेका छन् । डेनिस प्रधानमन्त्रीले आफ्नो नभई अमेरिकी नागरिकको अपमान गरेको ट्रम्पले आरोप लगाएका छन् ।

Donald J. Trump@realDonaldTrump

For the record, Denmark is only at 1.35% of GDP for NATO spending. They are a wealthy country and should be at 2%. We protect Europe and yet, only 8 of the 28 NATO countries are at the 2% mark. The United States is at a much, much higher level than that….67.8K11:17 PM – Aug 21, 2019Twitter Ads info and privacy30.1K people are talking about this

Leave A Reply

Your email address will not be published.