सिरियाको सेनाले गरेको हवाई आक्रमणको क्रममा तीनजना सर्वसाधारणको मृत्यु भएको टर्कीको आरोप

0

एजेन्सी – सिरियाको सेनाले गरेको हवाई आक्रमणको क्रममा तीनजना सर्वसाधारणको मृत्यु भएको टर्कीले आरोप लगाएको छ।

सिरियाको उत्तरी क्षेत्रमा रहेको बिद्रोही नियन्त्रित क्षेत्रमा टर्किस सुरक्षाकर्मी र हतियारसहित जाँदै गरेका बहानलाई रोक्ने प्रयासमा सिरियाली सेनाले हवाई आक्रमण गरेको हो ।

तर सो आक्रमणमा तीनजना सर्वसाधारणको ज्यान गएको टर्कीले बताएको छ । अरु १२ जना घाइते भएका छन् । इड्लिब प्रान्तमा सोमबार आक्रमण भएको हो ।

इड्लिब त्यस्ता केही क्षेत्रमा पर्छ, जहाँ सरकारको नियन्त्रण छैन । सो क्षेत्रमा टर्कीको साथ पाएका बिद्रोहीको नियन्त्रण छ।

सो क्षेत्रमा गएको अप्रिलदेखि सिरिया सरकारले आफ्नो आक्रमण अभियान तीव्र पारेको छ । जसका कारण सयौँ सर्वसाधारणको मृत्यु भइसकेको छ । हिंसा जारी रहँदा अरु धेरैको मृत्यु हुन सक्ने भय छ ।

Leave A Reply

Your email address will not be published.