‘अब हरेक भारतीयले भन्न सक्ने छन् – एक देश, एक संविधान’:नरेन्द्र मोदी

0

एजेन्सी – भारतमा बिहीबार ७३ औँ स्वतन्त्रता दिवस मनाइँदै छ । अंग्रेजको अधिनबाट मुक्त भएको ७२ वर्ष पूरा भएको अवसरमा बिहीबार बिहान दिल्लीको लाल किल्लामा विशेष सामारोह भएको छ । सो समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय झण्ड फहराएर सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री मोदीले सम्बोधनको सुरुमा रक्षाबन्धको शुभकामना दिए र बाढीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरे । उनले देशको स्वतन्त्रताका लागि बलिदानी दिएकाहरुको स्मरण गरे ।

सम्बोधनमा मोदीले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संविधानको धारा ३७० निष्प्रभावित बनाएको घटनाको स्मरण गरे । यस्तै तीन तलाकलाई गैरकानूनी बनाउने कानूनको पनि स्मरण गरे ।

आफ्नो सरकारले २१ औँ शताब्दीको भारतको खाका बनाउँदै पाँच वर्षे कार्याकालको खाका बनाउँदै गरेको मोदीले बताएका छन् । धारा ३७० हटाउनु पर्छ भन्ने सबैको मनमा थियो तर त्यसमा अग्रता लिएका थिएनन् भन्ने यसलाई हटाउने सम्बन्धी विधेयक दुई तिहाई बहुमतले पारित हुनु रहेको उनले बताए ।

जम्मू–कश्मीरमा पछिल्लो ७० वर्षमा आतंकवाद, पृथकतावाद, परिवारवाद र भ्रष्टाचारको मियो बलियो बनाउने काम भएको र आफ्नो सरकारले त्यसलाई तोड्ने प्रयास थालेको बताए ।

अब भारतका हरेक नागरिक ‘एक देश, एक संविधान’ भन्न सक्ने अवस्था आएको प्रधानमन्त्री मोदीले बताए ।

संविधानको धारा ३७० तथा त्यस अन्तर्गतको ३५ ए अनुसार जम्मू–कश्मीरमा आफ्नै संविधान थियो र अलग झण्डा पनि । तर अब त्यो अवस्था रहने छैन ।

Leave A Reply

Your email address will not be published.