‘परराष्ट्र मन्त्रालयका कर्मचारीले नेपाल-भारतबीचको पुराना दस्तावेज लुकाए’

0

काठमाण्डौं – पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारीले भारत नेपालबीच सीमा सम्बन्धमा गरिएका पुराना दस्तावेजहरु लुकाएको आरोप लगाएका छन् ।

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा पुर्व प्रधानमन्त्री नेपालले सरकारका कर्मचारीबाट नै पुराना दस्तावेजहरु लुकाउने काम भएको दाबी गरेका छन् ।

उनले कर्मचारीको नियत र मुलुक प्रतिको उत्तरदायीत्वमाथि नै शंका व्यक्त गरे। राष्ट्रसेवक कर्मचारीहरुले अन्य देशको हितमा हुने गरि काम गर्नका लागि विभिन्न किसिमका सुविधा लिने गरेको सुन्नमा आएको भन्दै शंकास्पद कर्मचारीमाथि निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराए ।

पुर्व प्रधानमन्त्री नेपालले कैलाली घटनाबारे सर्वत्र चर्चा भईरहदा पनि सरकार र सम्बन्धीत निकायले सम्बोधन नहुदा जिम्मेवार व्यक्ति र संस्थाको देशभक्ति नै शंका उत्पन्न भएको टिप्पणी गरे ।

सिमा विवाद, विगतमा भएका असमान सन्धि सम्झौता, तटबन्ध, डुबान लगायतका समस्याको समाधान खोज्दा नेपालको हितमा कुठाराघात नहुने गरी खोजिनुपर्ने बताए ।

उनले तराई क्षेत्रमा बर्षेनी हुने डुबान समस्याको सम्बोधन गर्दा नेपाल भारतको बराबर भन्दा पनि भारतले ठूलो आर्थिक दायित्व वहन गर्नुपर्ने तर्क गरे ।

Leave A Reply

Your email address will not be published.