जाजरकोटमा जङ्गली च्याउ खाँदा आमाको मृत्यु, छोरो सिकिस्त

0

जाजरकोट – जङ्गली च्याउ खाँदा आमाको मृत्यु भएको छ भने छोरो सिकिस्त बिरामी भएका छन् ।

जङ्गली च्याउ खाँदा बारेकोट गाउँपालिका-८ की ५० वर्षीया मनमाया कुमाईको मृत्यु भएको हो ।

उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहलकुनामा मृत्यु भएको हो ।

च्याउ खाँदा उनको १४ वर्षीय छोरो युवराज सिकिस्त बिरामी भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.