इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल उडाइदिने धम्की आएपछि ……..

0

एजेन्सी – भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल उडाइदिने धम्की आएपछि पूरा विमानस्थलमा छानविन शुरु भएको छ । सोमबार राती साढे ८ बजे एकजनाले प्रहरीलाई फोन गरेर ‘विमानस्थल उडाइँदै छ, बचाउन सके बचाओ’ भनेर धम्की दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

फोन आएपछि अनुसन्धान गरेको प्रहरीले फोन मालिकालाई नियन्त्रणमासमेत लिइसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पक्राउ परेको व्यक्तिले फोन गरेको विषय अस्वीकार गरेकोसमेत जनाइएको छ । दिल्ली प्रहरी पूरा विमानस्थलको जाँच गरिरहेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.