पाकिस्तानी चिकित्सकहरुलाई तत्काल देश छाड्न साउदी अरबको निर्देशन

0

इस्लामावाद – साउदी अरबले पाकिस्तानी चिकित्साशास्त्र अध्ययनका क्षेत्रमा दिईने स्नातकोत्तर डिग्री (एमएस/एमडी) को मान्यता खारेज गरिदिएको छ । साउदीको पछिल्लो निर्णयसँगै अब पाकिस्तानी चिकित्सकहरुले साउदीमा काम गर्न नपाउने भएका छन् । 

साउदी अरबको यो निर्णयका कारण अब पाकिस्तानमा प्रशिक्षित कैयौं चिकित्सकहरु बेरोजगार बन्नेछन् । हाल साउदी अरबमा काम गरिरहेका चिकित्सकहरुलाई पनि त्यहाँको सरकारले सेवाबाट बर्खास्त गरिदिएको छ भने कतिपयलाई पाकिस्तान फिर्ता हुन पनि निर्देशन दिएको छ । साउदी अरबसँगै कतार, युनाईटेड अरब इमिरेट्स र बहराईनले पनि समान कदम उठाउने भएका छन् । 

पाकिस्तानमा पढाईने गरिएको एम एस (मास्टर अफ सर्जरी) र एमडी (डक्टर्स इन मेडिसिन) कार्यक्रममा व्यवस्थित तालिम नदिईने गरेको साउदीको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ । यी तालिमहरु माथिल्ला पदहरुमा नियुक्त हुने व्यवसायिक चिकित्सकहरुका लागि अनिवार्य मानिन्छ ।

साउदीको स्वास्थ्य आयोगले कैयौं पाकिस्तानी डाक्टरहरुलाई बर्खास्तीपत्र दिईसकेको छ । स्वास्थ्य आयोगका अनुसार पाकिस्तानी चिकित्सकहरुको व्यवसायिक योग्यताका कारण उनीहरुको आवदेन समेतलाई खारेज गरिएको छ । अब नियमअनुसार साउदी अरबको चिकित्सा क्षेत्रमा काम गर्न पाकिस्तानी डिग्री काम लाग्नेछैन । 

पाकिस्तानी स्वास्थ्य मन्त्रालयले सन् २०१६ मा निकै धेरै पाकिस्तानी चिकित्सकहरुलाई रोजगारी दिएको थियो । साउदीले अनलाईन आवदेन माग्दै कराँची, लाहोर र इस्लामाबादमा अन्तवार्ता लिएको थियो । अन्तरवार्तामा उत्तीर्ण भएका चिकित्सकहरुलाई साउदीले आफ्नो देशमा लगेर स्वास्थ्य क्षेत्रमा खटाएको थियो । 

एक पाकिस्तानी चिकित्सकका अनुसार साउदीको पछिल्लो निर्णयले इस्लामाबादलाई निकै लज्जास्पद स्थितिमा पु¥याईदिएको छ । किनकी, साउदीमा अहिले पनि भारत, बंगलादेश, मिश्र र सुडानजस्ता देशको चिकित्साशास्त्रको डिग्रीले मान्यता पाईरहेका छन् ।

Leave A Reply

Your email address will not be published.