भारत – पाकिस्तान नियन्त्रण रेखामा तनाव, दुईजनाको मृत्यु

0

भारतले प्रतिबन्धित क्लस्टर बम आक्रमण गरेको पाकिस्तानी आरोप

एजेन्सी – सीमा क्षेत्रको नियन्त्रण रेखा क्षेत्रमा भारतीय पक्षले गोली चलाएको पाकिस्तानले आरोप लगाएको छ ।

भारतीय पक्षले चलाएको गोली लागेर दुईजनाको ज्यान गएको र अरु ११ जना घाइते भएको बताइएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर नजर आसिफ गफूर र विदेश मन्त्री शाह महमूद कुरेशीले ट्वीट गरेर यसको जानकारी दिएका हुन् ।

भारतीय सुरक्षाकर्मीले नियन्त्रण क्षेत्रमा क्लस्टर बमको प्रयोग गरेको पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले बताएका छन् । जेनेभा सन्धि तथा अन्तर्राष्ट्रिय कानूनले प्रतिबन्धित गरेको हतियारमा पर्छ क्लस्टर बम ।

Leave A Reply

Your email address will not be published.