पारिवारिक भ्रमण पूरा गरी अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता

0

काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुबईको पाँच दिने पारिवारिक भ्रमण पूरा गरी शनिबार राति स्वदेश फर्किएका छन् ।

अध्यक्ष प्रचण्ड यहि साउन १४ गते मंगलबार परिवारका सदस्यसहित दुबई भ्रमणमा गएका थिए । अस्वस्थ पत्नी सीता दाहालले दुबई जाने इच्छा देखाएपछि उनीहरू गत मंगलबार दुबई प्रस्थान गरेका प्रचण्डको सचिवलायले जनाएको छ । उनीहरूका साथमा छोरीद्वय रेणु र गंगासँगै नातिनातिन पनि त्यसतर्फ गएका थिए ।

पत्नी सीता लामो समयदेखि अस्वस्थ छिन् । उनको केही स्वदेशका साथै सिंगापुर र अमेरिकामा उपचार गरिएको थियो । त्यसपछि उनको नेपालमै प्राकृतिक थेरापीहरू समेत गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.