विद्रोही आक्रमणमा परी १७ यमनी प्रहरी मारिए

0

एजेन्सी – सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमणमा कम्तीमा १७ यमनी प्रहरीको मृत्यु भएको छ । यस आक्रमणमा परी दर्जनौँ व्यक्ति घाइते भएका चिकित्सकहरूले बताएका छन् ।

यमनको राजधानी शहर कब्जा गरेर बसेका हुथी विद्रोही समूहले एडेनको पश्चिम भागबाट २० किलोमिटर टाढा रहेको अल जाला शिविरमा ड्रोन र ब्लालिस्टिक क्षेप्यास्त्रद्वारा आक्रमण गरेका थिए ।

संयुक्त अरब इमिरेट्सको दक्षिणी बन्दरगाह शहर सैख ओथम्यान क्षेत्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा तीन प्रहरी मारिएको घटना सेलाउन नपाउँदै यो घटना भएको छ ।

Leave A Reply

Your email address will not be published.