इरानका विदेश मन्त्रीमाथि अमेरिकि प्रतिबन्ध!

0

एजेन्सी – अमेरिकाले इरानका विदेशमन्त्री मोहम्मद जावेद जारिफमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ द ट्रेजरीले जाफरीमाथि प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध अनुसार अमेरिकामा रहेको या अमेरिकी संस्थाको नियन्त्रणमा रहेको जाफरीको सबै सम्पत्ति फ्रिज हुनेछ ।

जाफरीले इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीका गलत एजेण्डाहरु लागु गरेकाले उनीमाथि प्रतिबन्ध लगइएको अमेरिकाका ट्रेजरी (राज्य कोष) मन्त्री स्टिभन मनुचनले बताएका छन् ।

अमेरिकाले प्रतिबन्ध लगाउनुको कारण आफ्ना एजेण्ड उसका (अमेरिका) लागि खतरा ठान्नु रहेको इरानका विदेश मन्त्री जाफरीले ट्वीटमा उल्लेख गरेका छन् ।

उनले प्रतिबन्धका लागि अमेरिकालाई धन्यबाद दिएका छन् । आफ्ना एजेण्डा उसले खतरा ठान्नु आफूहरुको सफलता रहेको उनले उल्लेख गरेका छन् ।

इरान र अमेरिकाबिच पछिल्लो समय तनाव तीव्र भएको छ । गएको वर्ष अमेरिका सन् २०१५ मा भएको परमाणु सम्झौताबाट बाहिरिएसँगै तनाव बढेको हो । तर पछिल्लो केही हप्तादेखि त्यसले उत्कर्षको रुप लिएको छ ।

Leave A Reply

Your email address will not be published.