उत्तर कोरियाद्वारा दुईसाताभित्रै दोस्रो मिसाइल प्रक्षेपण

0

बीबीसी – उत्तर कोरियाले दुईवटा छोटो दूरीका ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ । साता दिनमै उत्तर कोरियाले गरेको यो दोस्रो मिसाइल प्रक्षेपण हो । दक्षिण कोरियालाई सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले बुधबार बिहान पूर्वी तट वानसनतर्फ उक्त दुई मिसाइल प्रक्षेपण गरेको हो । गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले जुनमा भेट गरेपछिको पहिलो मिसाइल प्रक्षेपण थियो ।

दक्षिण कोरियाले अमेरिकासँग मिलेर सुरु गर्न लागेको संयुक्त सैन्य अभ्यास रोक्न ‘गम्भीर चेतावनी’ दिएको उत्तर कोरियाले जनाएको छ । उत्तर कोरियाले आगामी महिना दक्षिणले गर्न लागेको सैन्य अभ्यासका विषयमा आपत्ति जनाएको छ ।

के भयो बुधबार ?

बुधबार बिहान २५० किमिको दूरीसम्म उडेको मिसाइल ३० किमिको उचाइबाट जापानको समुद्र अर्थात पूर्वी समुद्रमा खसेको थियो । जेसिएसले उक्त मिसाइल ‘विगतका भन्दा फरक प्रकृतिका’ भएको बताएको छ । उक्त मिसाइलले अतिरिक्त मसाइल प्रक्षेपणको स्थिति अनुगमन गर्नेसमेत जनाइएको छ । जापानको रक्षा मन्त्रालयले आफ्नो भूमिमा कुनै पनि मिसाइल नपुगेको जनाएको छ ।

उत्तर कोरियाले गत साता पनि दुई वटा छोटो दूरीका मसाइल प्रक्षेपण गरेको थियो । जसमध्ये एउटा मिसाइलले ६९० किमिको दूरी तय गर्दै ५० किमिको उचाइबाट समुद्रमा खसेको थियो ।

फेरि किन उत्तर कोरियाले थाल्यो मिसाइल प्रक्षेपण

यसअघि अमेरिकी राष्ट्रपतिसँगको वार्ताक्रममा निसशस्त्रीकरणको विषयमा वार्ता प्रक्रिया अघि बढाएपछि मिसाइल प्रक्षेपण रोकेको उत्तर कोरियाले फेरि सुरु गरेको छ । दक्षिण कोरियाले अमेरिकासँग मिलेर संयुक्त सैन्य अभ्यासको उत्तर कोरियाले विरोध गरेको थियो । तर, दक्षिण कोरियाले वेवास्ता गर्दै आगामी महिना संयुक्त सैन्य अभ्यास सुरु गर्न लागेपछि उत्तर कोरियाले चेतावनी स्वरुप मिसाइल परीक्षण जारी राखेको हो । उत्तर कोरियाले उक्त संयुक्त सैन्य अभ्यास रोक्न पनि चेतावनी दिएको छ ।

गत महिना दक्षिण कोरियाका एक उच्च अधिकारीले सैन्य अभ्यास नरोकिने बताएका थिए । उत्तर कोरियाले उक्त अभ्यासले निसशस्त्रीकरणको वार्ता प्रभावित गर्ने भएकोले अभ्यास रोक्न आग्रह गरेको थियो । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोका अनुसार जुलाईमा वार्ताको तयारी गरिरहेको बताएका थिए ।

अमेरिका – उत्तर कोरियाको पछिल्लो सम्बन्ध

यसअघि अमेरिकि राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच जुनमा आकस्मिक भेट भएको थियो । उक्त समयमा कुनै पनि सार्वजनिक बैठक तथा वार्ता भने हुन नसकेको बताइएको छ । गतवर्ष ट्रम्प र किमबीच परमाणु परीक्षण बन्द गर्ने र अन्तरप्रदेशीय ब्यालिस्टिक मिसाइल प्रक्षेपण नगर्ने सहमति भएकोव थियो । केही महिनाअघि उत्तर कोरियामा परमाणु परीक्षण क्षेत्र अझै बाँकी रहेको र परमाणुको उत्पादन जारी रहेको तस्बिरहरु स्याटेलाइटमार्फत सार्वजनिक भएका थिए । कडा आर्थिक प्रतिबन्दक बाबजुद पनि उत्तर कोरियाले आफ्नो सम्पूर्ण श्रोत परमाणु परीक्षमा खर्च गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.