बुहारीले गरिन् सासूको हत्या

0

काभ्रे – काभ्रेको धुलिखेल नगरपालिका–१ देवीटारमा मंगलबार राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासू माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

उनका अनुसार टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपाको शिर मेमोरियल अस्पतालमा राति १ बजे ज्यान गएको हो । रक्सी खाएकी सासूसँग झगडा गरी हत्या गरेकी २४ वर्षीया बुहारी सुन्तलीलाई घटनालगत्तै पक्राउ गरी बनेपा इलाका प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

सुन्तलीद्वारा ससुरा र श्रीमानकै अगाडि कपाल समातेर घरको पक्की भित्तामा पटक–पटक टाउको ठोक्काइ सासूको हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.