एक सय वर्ष पुरानो चारतले भवन भत्किँदा १२ जनाको मृत्यु, ४० जना पुरिए

0

एजेन्सी – भारतको महाराष्ट्रस्थित मुम्बइमा चारतले भवन भत्किँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । भवनमा अझै पनि कम्तिमा ४० जनासम्म च्यापिएका हुनसक्ने आशंका गरिएको छ ।

घटना मंगलबार बिहान ११ बजेर ४० मिनेटमा भएको हो । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले उक्त भवन १०० वर्ष पुरानो भएको बताएका छन् ।

भारतको केन्द्रीय गृह मन्त्रालय मातहत रहेको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) ले भवनमा च्यापिएका व्यक्तिको उद्दार प्रयास गरिरहेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.