बाढी तथा पहिरो अपडेट: अहिलेसम्म ३३ जनाको मृत्यु

0

उद्धारमा २८ हजार प्रहरी

काठमाडौँ – अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३३ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १५ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुर र भोजपुरमा पाँच/पाँच जना, काठमाडौँ, खोटाङ र काभ्रेमा तीन/तीन जना, मकवानपुर, धादिङ र सिन्धुलीमा दुई/दुई जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा एक/एक जना गरी ३३ जनाको ज्यान गएको हो ।

बाढी पहिरोमा परेका काठमाडौँमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिरहामा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा एक/एक जना गरी १३३ जनाको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोबाट मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक/एक जना गरी १२ जना घाइते भएका छन् ।

सिन्धुलीमा ४ जना, काठमाडौँ, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा एक/एक जना गरी १५ जना वेपत्ता भएका छन् ।

बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु सहित काठमाण्डौँ उपत्यकामा ८८५६ जना, प्रदेश नं १ मा ६३०५ जना, प्रदेश नं २ मा ५७०२ जना, प्रदेश नं ३ मा ३४०५ जना , प्रदेश नं ६ मा ३११२ जना गरि २७,३८० प्रहरी कर्मचारीहरु परिचालित भएका छन् ।

विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.