दुई नदीका बाँध भत्किए, पुर्वपश्चिम राजमार्ग अवरूद्ध

0

रौतहट – रौतहटका दुई नदीको बाँध भत्किएर दर्जन भन्दाबढी गाउँमा डुबानमा पारेका छन् । कटहरिया स्थित लाल बकैया र पुर्व बागमती नदीको बाँध भत्किएर त्यसक्षेत्र वारपारका गाउँ डुबानमा परेका ह्रन् । बागमती र बकैयामा बाध भत्केर बस्तिमा पानी प्रबेश गरेको हो ।

बकैया नदीको हरसाहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकाहा, बन्जरहा लगायतका दर्जन गाउँ उच्च जोखिममा रहेको बताए । यस्तै बागमती नदिको गढिमाइ लक्ष्मिपुर, मत्सरी, गढो, बडहर्वा, बसतपुर, ब्रहम्पुरी, हजरिया लगायतका गाउँ उच्च जोखिमा रहेका छन्। दुई वर्षअघि बागमती नदिमा आएको बाढिले उक्त स्थानमा बाध भत्काएको थियो सो भत्केको बाध बलियो नबनाएको कारण पुन भत्केर गाउँमा पानी पस्न लागेको स्थानीहरुले बताएका छन् ।

चुरे क्षेत्रमा भएको वर्षाको कारण चाँदी खोलामा आएको बाढीको कारण पुर्वपश्चिम राजमार्ग समेत अवरुद्ध भएको छ । सदरमुकाम गौर स्थित सरकारी कार्यालय वरिपरि समेत पानी जमेको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए । निरन्तर पानी परिरहेको कारणले ठूलो बाढी आउने खतरा देखिएको छ ।

Leave A Reply

Your email address will not be published.