त्रिभुवन विमानस्थलमा यतिको विमान चिप्लियो, दुईजना यात्रु घाइते

0

काठमाडौँ –त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान अवतरणका क्रममा चिप्लिँदा दुई जना घाइते भएका छन् ।

नेपालगञ्जबाट ६६ जना यात्रु बोकेर काठमाडौँ आएको यतिको एटीआर विमान अवतरणका क्रममा बिहान ११ बजेर ५ मिनेटमा धावनमार्गबाट चिप्लिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए ।

विमानमा सवार यात्रुहरुमध्ये २ जना सामान्य घाइते भएको र उनीहरुलाई उद्धार गरी उपचारका लागि काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पताल पठाइएको छ।

अन्य यात्रु सुरक्षित रहेका छन् । उनीहरुलाई जहाजबाट बाहिर निकालीसकिएको प्रवक्ता तिवारीले बताए ।


अहिले विमानस्थल बन्द छ ।

Leave A Reply

Your email address will not be published.