छोरी बलात्कारको अभियोगमा ‘पिता’ पक्राउ

0

कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिकामा १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय त्रिभूवन बस्तीका प्रहरी नायव निरीक्षक भुपाल सिंह थापाका अनुसार पीडित बालिकाकी आमाले बुधबार आफ्नै श्रीमानको नाममा छोरीमाथि बलात्कारको आरोप लगाउँदै जाहेरी दर्ता गराएकी थिइन् ।

पीडितकी आमाले दिएको जाहेरीका आधारमा बुधबार पक्राउ परेका ३९ वर्षे हरेन्द्र बिक (नाम परिर्वतन) लाई म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर लगिएको प्रहरी नायव निरीक्षक थापाले बताए । असार २४ गते राति १० देखि ११ बजेको बिचमा बलात्कार भएको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.