छोरी जलाएको अभियोगमा बालिकाका बाबू सहित ७ प्रकाउ !

0

जनकपुर – धनुषाको सबैला नगरपालिका वडा नम्बर १ मा मध्यरातमा बालिका जलाईरहेको अवस्थामा बालिकाको बाबू सहित ७ जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ । 


जिल्ला प्रहरी कार्यलय धनुषाका अनुसार उक्त समुहले गएराती झुन्डिएर मृत्यु भएको भन्दै प्रहरीलाई जानकारी नदिई जलाउन लागेकोले घटना शंकास्पद रहेको जनाएको छ । मृत्यु हुनेमा स्थानीय शत्रुधन यादवकी १४ बर्षिय छोरी पिंकिकुमारी यादव रहेकी छिन । 


उनी घरमै झुण्डिएर आत्महत्या गरेको परीवाजनले दावी गरेको छ । सोमबार मध्यरातमा घरभन्दा झन्डै ३ किलोमीटर टाढा सडक छेउमा उनको शव जलाउँदै गर्दा स्थानीय प्रहरीको गस्ती टोलीले देखेपछि मलामिको भागाभाग भएको थियो । 


आधा जलिसकेको बालिकाको शवलाई बरामद गरि पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । घटनाबारेमा सुक्ष्म अनुसन्धान सुरु गरेको जनाउँदै जिल्ला प्रहरी कार्यलय धनुषाले पोष्टमार्टम रिपोर्टपछि मात्रै थप बताउन सकिने जनाएको छ । 

Leave A Reply

Your email address will not be published.