विषादी परीक्षण नगरिनु राष्ट्रियताको कुरा मात्र हैन गम्भीर मानवताविरूद्ध अपराध: डा. बाबुराम भट्टराई

0

काठमाडौं –समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुरा भट्टराईले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय सरकारले फिर्ता लिएपछि चर्को आलोचना गरेका छन् । उनले सामाजिक सञ्जाल टुइटर मार्फत सरकारको यस्तो निर्णयको चर्को आलोचना गरेका हुन् । डा. भट्टराईले टुईटरमा लेखेका छन्, ‘आयातित तरकारी,फलफूल आदिमा विषादी परीक्षण नगरिनु राष्ट्रियताको कुरा मात्र हैन गम्भीर मानवताविरूद्ध अपराध हो । कसैको दबाबमा वा तयारी नपुगेर भन्नु हास्यास्पद हो ।’

अध्यक्ष भट्टराईले बरु एकदुई दिन भोकै बस्न सकिने तर बिषादी भएको तरकारी ख्वान नहुने बताएका छन् । उनले भनेका छन्, ‘बरू केही दिन भोकै बस्न मिल्छ तर बिष खान–ख्वाउन मिल्दैन । २–३ सरकारको निर्लज्जता र अपराधिक कार्यको सबैक्षेत्रबाट प्रतिरोध गरौं ।’

विषादी तरकारी तथा फलफूल उपभोगले जनस्वास्थ्यमा असर पर्ने देखेर सरकारले विदेशबाट आयात हुने तरकारी तथा फलफूल क्वारेन्टाइन जेकजाँच गरेर आयात गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले १० जेठमा निर्णय गर्दै आयात हुने सबै तरकारी, फलफुलको बिषादी परिक्षण गरेर मात्र भन्सार जाँचपास गर्ने व्यवस्था गरेको थियो । सो निर्णयलाई २ असारमा रापत्रमा प्रकाशित गरी लागू गरेको थियो । सूचना प्रकाशित भएलगत्तै भारतलगायत विश्वभरिबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण सुरु भएको थियो ।

Leave A Reply

Your email address will not be published.